ला लिगा : बार्सिलोनाद्वारा एलाभेस ३–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ला लिगा : बार्सिलोनाद्वारा एलाभेस ३–० ले पराजित

barcelonavsalaves

एजेन्सी, ३ भदौ । स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता बार्सिलोनाले सुखद सुरुवात गरेको छ । मेसीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले एलाभेसलाई ३–० ले हरायो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे । बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको हो । मेस्सीले ६४ औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोन्टिन्होले ८३ औं मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।

इन्जुरी समयको दोस्रो मिनेटमा पुनः मेस्सीले नै अर्को गोल थपेपछि बार्सिलोना ३–० ले विजयी भयो । ला लिगाका अन्य खेलमा रियल सोसिडाडले भिल्लारियललाई २–१ ले हराउँदा सेल्टा डी भिगो र स्पानियोलले १–१ को बराबरी खेलेका छन् ।

सिरि ए फुटबलमा रोनाल्डोको डेब्यु

उता इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोविरुद्ध रोमाञ्चक जीत निकालेको छ । स्टार स्ट्राइकर रोनाल्डोको डेब्यू खेलमा युभेन्टसले इन्जुरी समयमा निर्णायक गोल गर्दै ३–२ ले विजयी भयो ।

११२ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले इन्जुरी समयमा गरेको गोलले भने मान्यता पाएन । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानोसँग ठोक्किएको भन्दै गोललाई मान्यता दिइएन ।

juventus vs chievo

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);