ला लिगा बार्सिलोनाको नयाँ रेकर्ड, मेस्सीको जादु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ला लिगा बार्सिलोनाको नयाँ रेकर्ड, मेस्सीको जादु

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा एथ्लेटिको बिल्बाओ ३–० ले पराजित, यो सीजनमा सबै खाले प्रतियोगितामा १०० गोल गर्ने पहिलो टोली बन्यो बार्सिलोना

ला लिगा बार्सिलोनाको नयाँ रेकर्ड

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–० ले हराएर दोस्रो स्थानको बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी कम गरेको हो ।

बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स विडालले गोल गरे । १८ औं मिनेटमा अलकासेरले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए ।

४० औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा २–० को अग्रता लियो । ६७ औं मिनेटमा विडालले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

बार्सिलोनाले यो सिजनमा सबै प्रतियोगितामा गरेर एक सय गोल गरेको छ । बार्सिलोना सबै प्रतियोगितामा गरेर यो सिजन एक सय गोल गर्ने पहिलो टिम बनेको छ ।

खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले जादुमयी खेल पस्किएका थिए । जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ ।

दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंक छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिडले लेगानेसलाई २–०, एइबरले भ्यालेन्सियालाई ४–० तथा स्पानियोलले मालागालाई १–० ले हरायो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);