एसीसी कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एसीसी कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं, ४ भदौ । मलेसियामा हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ । सोमबार सभामुख कृष्णबहादुर महराले छनोट प्रतियोतितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको विदाई गरेका हुन् । उनले प्रतियोगितामा विजयी हुन खेलाडीहरुलाई शुभकामना समेत दिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझै सुविधासम्पन्न बनाउन सरकारसँग पहल गरिदिन सभामुख महराको ध्यानाकर्षण गराए ।

नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन् ।

त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन । मलेसियामा भदौं १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एशीया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);