नेपालको एसिया कप खेल्ने सपना धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालको एसिया कप खेल्ने सपना धरापमा

nepal cricket team

काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एसियाकप खेल्ने सपनामा तु्षारापात हुने संकेत देखिएको छ । मलेसियामा जारी एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगितामा लगातार दुइ खेलमा पराजय व्यहोरेसँगै नेपालको एसिया कप खेल्ने सपना धरापमा परेको हो ।

सुरुवाती खेलमै मलिन प्रदर्शन गरेका कारण नेपाली टोलीको एसिया कप खेल्ने सपना धरापमा परेको हो । योसँगै, एकदिवसीय मान्यतापछिको चुनौती पनि थप बढेको छ ।

विश्व क्रिकेटका बादशाह भारत र पाकिस्तानसँग एसिया कप खेल्ने अन्तिम टोलीको छनोट खेल जारी रहँदा केही समयअघि एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपाली टोलीको प्रदर्शन भने आशालाग्दो बन्न सकेन ।

पहिलो खेलमा ओमानसँग सात विकेटको हार व्यहोरेको नेपाली टोली दोस्रो खेलमा लयमा फर्किने आशा गरिएको थियो । तर, आसा गरिएको दोस्रो दिन बिहीबार नेपाल यूएईसँग ७८ रनले पराजित हुन पुग्यो ।

बलिङमा उत्कृष्ट प्रदर्शनका कारण समर्थक साथ पाउने गरेका बलरहरुको मन जितेको टिम एसिया कप छनोट खेलमा लयमा आउन सकेनन् । त्यसो त ब्याट्सम्यानको पनि प्रर्दशन पुरानै लयमा देखियो ।

सागर पुनले एक खेलमा अर्धशतक पारी खेले पनि अर्को खेलमा ब्याट चलाउन सकेका थिएनन् । उनीसँगै रहेका उपकप्तान ज्ञानेन्द्र मल्लले पनि केहि गर्न सकेनन् ।

उपकप्तान ज्ञानेन्द्र मल्लसँगै कप्तान पारस खड्काको पनि प्रदर्शन फितलो बन्योे । एक खेलमा राम्रो खेलेपछि अर्को खेलमा पनि खराब प्रदर्शन गर्ने खेलाडीको पुरानै नियति हो त्यो एसिया कप छनोटमा पनि दोहोरीन पुग्यो ।

एसिया कप खेल्ने सम्भावना खराब प्रदर्शनकै कारण कमजोर बनाएको नेपालले एसिया कपमा स्थान बनाउन अब बाँकी तीन खेलमा जित मात्र पर्याप्त हुँदैन ।

त्यसरी खेल्दा समेत नेपाली टोलिको भाग्य अन्य टोलीको नतिजामा भर पर्नेछ । पछिल्लो समय एकपछि अर्को प्रतियोगितामा व्यस्त भएपनि खेलाडीहरु चिरप्रतिद्वन्द्वी मैदानमै पराजित हुनुले दुई अनुभवी खेलाडीको अभाव खड्कियो ।

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर औंलाको चोटका कारण टोलीमा नहुनु र भेट्रान शक्ति गौचनको सन्यासको असर पनि खेलमा देखियो । कप्तान पारस खड्का सुरुवाती क्रममा ब्याटिङमा आउनु र झिनो रनमा पराजित हुनुले मध्यम र निम्नतहका खेलाडीमा मनोवैज्ञानिक असर परेको देखिएको छ ।

कमजोर मनोबलकाबीच नेपालले शनिबार आयोजक मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्ध अहिलेसम्मका खेलमा हावी भएको नेपालले आयोजक मलेसियासँगै, हङकङ र सिगांपुरविरुद्ध जित निकालेमात्रै एसिया कप खेल्ने सम्भावना जीवित रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);