एसिया कप छनोट : नेपाल युएईसंग ७८ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एसिया कप छनोट : नेपाल युएईसंग ७८ रनले पराजित

cricket

काठमाडौं, १४ भदौ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाल युएईसंग पनि पराजित भएको छ । बिहीबार भएको खेलमा युएईसंग नेपाल ७८ रनले पराजित भएको हो ।

युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ४८.५ ओभर खेल्दा आफ्नो सवै विकेट गुमाएको थियो । नेपालले जवाफी ब्याटीङमा १७६ रन मात्रै बनाउन सफल भयो ।

दोस्रो हारसंगै एसिया कप खेल्ने नेपालको सम्भावना टाढिदै गएको छ । एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने सपना बुन्दै जीतको खोजीमा मलेसिया पुगेको थियो ।

नेपालले प्रतियोगिताको बाँकी तीन खेलमा जित दर्ता गर्दै अन्य नतिजा अनुकुल भए फाइनल प्रवेश गर्ने छ । नेपालले अब आयोजक मलेसिया, सिंगापुर र हङकङसँग खेल्ने छ । नेपाल पहिलो खेलमा बुधवार ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);