एशिया कप छनोट : नेपालले टस हारेर ब्याटिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एशिया कप छनोट : नेपालले टस हारेर ब्याटिङ गर्दै

nepalvsmalaysia

काठमाडौं, १६ भदौ । एशिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया विच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

निर्धारीत समय भण्दा करीव चार घण्टा ढिलो भएको खेल ३० ओभरमा झारिएको छ । बर्षाले मैदान भिजेका कारण खेल केही समयप छाडि धकेलिएको हो ।

यसै क्रममा नेपालले खासै राम्रो सुरुवात गर्न सकेको छैन । नेपालका ओपनर सुवास खकुरेल ९ रनमा अाउट भए भने अर्का खेलाडी ज्ञानेन्द्र मल्ल पनि ११ रन मात्रै बनाएर आउट भएका छन् । अहिले सम्मको स्थितिमा नेपालले १० ओभर खेल्दै २ विकेट गुमाएर ५३ रन बनाएको छ ।

एसिया कप छनोट खेलमा नेपाल यसअघि ओमानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग ७८ रनले हार व्यहोरेको थियो । एसिया कप छनोटका सुरुका दुई खेलमा लगातार पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ । एसिया कपमा पुग्न नेपाल लाइ अबका तीनै खेल जितेर मात्रै पनि पुग्ने छैन अरु टिमको नतिजामा भर पर्नु पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);