एशिया कप छनोट : नेपालले ५ औँ विकेट गुमायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एशिया कप छनोट : नेपालले ५ औँ विकेट गुमायो

nepalvsmalaysia

काठमाडौं, १६ भदौ । एशिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया विच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खेलमा नेपाल सुरुवातमा नै दबावमा आएको छ ।

ओपनर सुवास खकुरेल ९ रनमा आउट भए । त्यसपछि ज्ञानेन्द्र मल्ल ११ रनमा, कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालले ५६ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि स्कोरबोर्डमा अरु चार रन थप्दा नेपालले चौथो विकेट पनि खेर फाल्यो । ओपनर अनिल शा १६ रनमा आउट भए । त्यसपछि सागर पुन पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ६० रनमा नै ५ विकेट गुमायो ।

एसिया कप छनोटका सुरुका दुई खेलमा लगातार पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ । एसिया कपमा पुग्न नेपाल लाइ अबका तीनै खेल जितेर मात्रै पनि पुग्ने छैन अरु टिमको नतिजामा भर पर्नु पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);