राखेपले प्याराग्लाइडिङ टिमीलाई पाँचलाख दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राखेपले प्याराग्लाइडिङ टिमीलाई पाँचलाख दिने

काठमाडौं, १५ भदौ । राष्ट्रिय खेलकुद परिषदले रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप पाँचलाख दिने भएको छ ।

एशियाडमा २० वर्षपछि पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार पहिलो चरणमा खेलाडलाई जनही ५–५ लाख दिने निर्णय गरेको हो । परिषदको नियममा एसियाडको समुहगत प्रतिस्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख र कास्य जित्नेलाई ३ लाख दिने नियम रहेको छ ।

त्यही नियम अनुसार परिषदले विजेता खेलाडी नेपाल फर्किएको दिन नै नगरपरिक्रमा गरेर राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा खेलाडीलाई सम्मान गर्ने तयारी गरेको छ ।

खेलाडीलाई ५ लाखसहित, प्रमुख प्रशिक्षकलाई ३ लाख, सहायक प्रशिक्षकलाई एक लाख ५० हजार र संघलाई ५ लाख दिने तयारी भएको राखेपले जनाएको छ ।

भदौ १८ गते पदक विजेता टिम नेपाल फर्किदै छ । एशियाडमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाडिङमा सरकारी लगानी शुन्य जस्तै भएपनि यसपटक पदक जितेपछि सबैको ध्यान यो खेलमा गएको छ । सोहि बमोजिम राष्ट्रिय खेलकुद परिषदले पनि प्रोत्साहनका लागि पुरस्कार दिने निर्णय गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);