इंग्लिस प्रिमियर लिगः म्यानचेष्टर सिटीको शानदार जित, सर्जियो अग्युरोको ह्याट्रिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, १ असोज । इंग्लिस प्रिमियर लिग अन्तगर्त भएको खेलमा म्यानचेष्टर सिटीले वाट्फोर्डलाई ६–० ले हराउँदै शानदार जित हाशिल गरेको छ ।

म्यानचेष्टर सिटी गएराति भएको खेलमा वाट्फोर्डलाई ६–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ । सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक/एक एक गोल गरे ।

२७ औं मिनेटमा अग्युरोले गोलमा अग्रता लिएको सिटीले पहिलो हाफमातीन तथा दोस्रो हाफमा तीन गोल गर्यो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);