टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रणाली हटाउने तयारीमा आइसीसी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

टी-२० विश्वकपका लागि ग्लोबल छनोट प्रणाली हटाउने तयारीमा आइसीसी

ICC

काठमाडौं, १५ कात्तिक ।  सन् २०२१ मा हुने टी २० विश्वकपका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ग्लोबल छनोट खेल्नुपर्ने प्रणाली हटाउने तयारी गरेको छ ।

भारतमा हुन लागेको विश्वकपका लागि आइसीसीले क्षेत्रीय छनोटमा सफल हुने टिमले विश्वकप छनोट खेल्ने नयाँ नियम बनाउन लागेको छ । १२ टिमले सोझै विश्वकपमा स्थान पाउने र चार टिमले आफ्नो महादेशको रिजनल छनोट खेलेर आउनुपर्ने नयाँ नियम बनाउन लागेको हो ।

सन् २००८ मा एसोसियट टिमका लागि विश्वकप खेल्ने ढोका खोल्नका लागि ग्लोबल छनोट खेल्नुपर्ने नियम बनाएको थियो । तर अब यो प्रणाली लामो र बजेट पनि धेरै खर्च हुने भन्दै आइसीसीले रिजनल छनोटको विजेताले सोझै विश्वकपमा स्थान बनाउने नियम बनाउन लागेको छ । यो नयाँ प्रस्तावमा तल्लो बरियतामा रहेका देशका लागि बढि फाइदा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);