आईसीसी टी–२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर भोलिदेखि काठमाडौंमा सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आईसीसी टी–२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर भोलिदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं, १२ कात्तिक । आईसीसी टी–२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी–२० विश्वकप खेल्नेछन् ।

आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी–२० मेन्स विश्वकप एसिया क्वालिफायर फाइनल २०२३ मा प्रतिस्पर्धा गर्नेछन् । ३० कात्तिक १३ देखि १९ गतेसम्म चल्ने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । ३ नोभेम्बरमा हुने सेमिफाइनलको विजेता दुई टिमले वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । यस्तै छनोट हुने दुई टिमबीच ५ नोभेम्बरमा हुने एसिया क्वालिफायरको उपाधिका लागि फाइनल खेल हुनेछ ।

घरेलु टोली नेपाल टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ र राम्रो स्थानमा समेत छ । घरेलु समर्थकको साथ छ । यसअघि नेपाल लिग टु मा शीर्ष तीनमा रहेर वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो । नेपाल टी–२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथि १६ औं स्थानमा छ । बाँकी टिमहरुमा पनि खासै अन्तर छैन ।

यूएई १७औं, ओमान २०औं, हङकङ २१औं, मलेसिया २५औं, कुवेत २७औं, बहराइन २८औं र सिंगापुर ३६औं स्थानमा छन् । छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपालले लिग चरणमा यूएई र हङकङविरुद्ध सबै चार खेल जितेको थियो । फाइनलमा भने नेपाल यएईसँग पराजित भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);