एसीसी यू-१९ एसिया कप : नेपालको सानदार बलिङ, मलेसियाले दियो ४६ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २८ कार्तिक । एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाले प्रभावित बनेपछि २४ ओभरमा घटाइएको खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको हो। नेपालको सानदार बलिङ सामु मलेसिया १५.३ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सफल भएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र शहाब आलमले २-२ विकेट लिए। अनिल शाहले १ विकेट झारे।

नेपालले यस खेल जितेमा सेमिफाइनल पुग्ने सम्भावना कायम रहनेछ। तर भारत र बंगलादेश बीचको खेलको नतिजा पनि कुर्नुपर्नेछ। तीन टोली मध्ये नेपालको रन रेट सबैभन्दा कम रहेको छ । तर, बंगालदेशले भारतलाई पराजित गरे नेपाल स्वतः अर्को चरणमा पुग्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);