नेपाल र इंग्ल्याण्डकाे 'सी' टिमबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल र इंग्ल्याण्डकाे ‘सी’ टिमबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता

nepal and england samjhauta

काठमाडौं, ८ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ ।नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवशरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा आयोजना हुने बताउनुभयो ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताउनु भएको छ । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उहाँले बताउनुभयो ।

मे २५ मा हुने पहिलो मैत्रीपूर्ण खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । संझौता अनुसार नेपालको राष्ट्रिय टिम र इङल्याण्डको सी टिमबीच मैत्रीपूर्ण खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);