प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित, मध्यपश्चिम र मध्यामाञ्चलबीच अंक बाँडियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित, मध्यपश्चिम र मध्यामाञ्चलबीच अंक बाँडियो

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित हुनपुग्दा मध्यपश्चिम र मध्यामाञ्चलको टोलीले अंक बाँडेका छन् ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित हुनपुग्दा मध्यपश्चिम र मध्यामाञ्चलको टोलीले अंक बाँडेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको खेलमा मध्यपश्चिमले टस जितेर ब्याटिङ गर्दै ४३ दशमलब २ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

मध्यपश्चिमका लागि राजवीर सिंहले ६३ रनको अर्धशतक बनाएका थिए । १ सय २४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मध्यामाञ्चलले ४ दशमलब २ ओभरमा १ विकेट गुमाएर २३ रन जोड्दा वर्षाले खेल स्थगित भएको थियो । वर्षाका कारण पछि खेल हुन सकेन र दुवैलाई एक एक अंक प्रदान गरियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);