विङगर अझै आर्सनलमा, २१ व्र्षे यात्रामा दुई वर्ष थपियो | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

विङगर अझै आर्सनलमा, २१ व्र्षे यात्रामा दुई वर्ष थपियो

इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गर अबको दुई सिजन पनि क्लबमै रहने भएका छन् ।

विङगर अझै आर्सनलमा

काठमाडौं । इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गर अबको दुई सिजन पनि क्लबमै रहने भएका छन् ।

विगत २१ वर्षदेखि आर्सनलमा रहँदै आएका वेङ्गरको क्लबसँगको सम्झौता सकिँदै थियो । तर आर्सनल र वेङ्गरबिच नयाँ सम्झौताको तयारी भएको छ ।

जसमा वेङ्गर अबको दुई वर्ष क्लबमै रहने छन् । यसको औपचारिक घोषणा आर्सनलले बुधबार गरिसकेको छ । वेङ्गर र क्लबका मालिक स्टान क्रोएनकेबिच सोमाबार भेटवार्ता भएको थियो ।

त्यसपछि मंगलबारको सञ्चालक समितिको बैठकले वेङ्गरसँग दुई वर्षको नयाँ सम्झौता गर्ने निर्णय गरेको हो । आर्सनल यो सिजन प्रिमियर लिगमा पाँचौं स्थानमा रह्यो ।

सन् १९९६ मा वेङ्गर क्लब आएदेखि आर्सनल शीर्ष चार भन्दा बाहिर रहेको यो पहिलो पटक हो । तर आर्सनलले यो वर्षको एफए कपको उपाधि भने जित्यो ।

 

Leave a Reply

ताजा समाचार