जेठ ५ गते रसुवामा अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

जेठ ५ गते रसुवामा अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने

काठमाडौं, २७ वैशाख । जेठ ५ गते रसुवामा अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ले म्याराथन प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा टानका महासचिव आङपेम्वा शेर्पाले नेपालको पर्यटन प्रवद्र्धन गर्नुका साथै लाङटाङ क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्या बृद्धि गर्न म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।

म्याराथनमा नेपाली र विदेशी गरी एक सय भन्दा बढि खेलाडीले भाग लिने जनाइएको छ । ४२ दशमलव १९५ किलोमिटरको म्याराथन तेन्जिङ गुम्वाबाट सुरु भएर स्याफ्रुवेसी पुगी टुंगिनेछ ।

ताजा समाचार