जेठ २२ गते प्रथम हिसान म्याराथन–२०२३ आयोजना हुँदैै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जेठ २२ गते प्रथम हिसान म्याराथन–२०२३ आयोजना हुँदैै

काठमाडौं, १८ जेठ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल(हिसान) काठमाडौं जिल्ला कार्य समितिले विश्व वातावरण दिवसको अवसर पार्दै प्रथम हिसान म्याराथन–२०२३को आयोजनागर्ने भएको छ ।

आज पत्रकार सम्मेलनगर्दै हिसान काठमाडौं जिल्लाकार्य समितिले उक्तम्याराथन आयोजनागरिनेबारे जानकारी गराएको हो । हिसान काठमाडौंले विश्ववातावरण दिवसको अवसर पारेर जेठ २२गते प्रतियोगीताआयोजनागरिरहेको जानकारी दिएको छ।

‘लेट्स रन टुगेदर फर इन्भाइरोमेन्ट’ भन्ने मुलनाराका साथउच्चशिक्षालयतथामाध्यमिकहिसान काठमाडौं जिल्लाकार्यसमितिले आगामी जेठ २२ गते (सोमबार) प्रथमहिसानम्याराथन–२०२३ प्रतियोगीताआयोजनागरिरहेको जानकारी दिएको छ।

हिसानले शिक्षाको नीति, स्वरूप र दिशानिर्धारणमा सरकारलाई विभिन्नहिसावले सहयोग गरिरहेको र अर्कोतर्फ विभिन्न समयमा समसामयिकविषयवस्तुमा छलफल, बहस एवं जनसरोकारकाविषयमाकार्यक्रमहरु आयोजनागर्दै आइरहेको बताएको छ ।

वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौतीभएको बताउँदै हिसान काठमाडौंले वातावरण आफैँमा एउटा बहुआयामिकविषय रहेको सन्दर्भमाहिसानलेपनियसको महत्वलाई दर्शाउने हिसाबले विश्ववातावरणदिवसको अवसरमाउक्तप्रतियोगिताआयोजनागर्न लागेको जनाएको हो।

प्रतियोगिता जेठ २२ गते बिहान७ बजे हिसानकार्यालय रहेको ट्रेड टावर थापाथलीबाट युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सुरू हुने हिसान काठमाडौंले जनाएको छ।
हिसानका सदस्य संस्थाहरूमाअध्ययनरत विद्यार्थीहरुले करिब ४ किलोमिटरको दूरीमा दौड सञ्चालनहुने र तोकिएको तहकानियमितविद्यार्थीहरुले मात्रप्रतियोगितामाभागलिनपाउने जनाईएको छ।
हिसान काठमाडौंले सो म्याराथुनको रुट थापाथली ट्रेड टावर, थापाथली, त्रिपुरेश्वर(रंगशाला), सुन्धारा, न्युरोडगेट, रत्नर्पाक, जमल, त्रि–चन्द्र कलेज, पुरानो बसपार्क, रामशाहपथ, माइतीघर हुँदै पुनः सुरू भएको विन्दुमाआएर समापनहुने बताएको छ।

प्रतियोगितामामहिला र पुरुष गरी करिव ३ सय जनाप्रतिष्पर्धी सहभागीहुने र महिला र पुरुषदुवैतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशःनगद १५ हजार, १० हजार र पाँचहजार राशिको पुरस्कारव्यवस्थागरिएको हिसान काठमाडौंले जानकारी दिएको छ।

यस्तै, महिला र पुरुषतर्फथप ३÷३ जनालाई सान्तवना पुरस्कारस्वरुप एक हजार रूपैयाँउपलब्ध गराइने जनाईएको छ । हिसान काठमाडौंले कार्यक्रमतयारीमाआजसम्म साथर सहयोग दिने सम्पूर्णप्रतिआभार व्यक्तगर्दै कार्यक्रमको दौरानमा नेपालप्रहरी, ट्राफिक प्रहरीलगायतका सम्बन्धित निकायबाट पूर्ण सहयोगको अपेक्षालिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);