अस्ट्रेलियाविरुद्ध फ्रान्स २–१ गोल अन्तरले विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अस्ट्रेलियाविरुद्ध फ्रान्स २–१ गोल अन्तरले विजयी

काठमाडौं, २ असार । विश्वकप फुटबलमा समूह बीअन्तर्गत आज भएको पहिलो खेलमा फ्रान्सले विजयी सुरुवात गरेको छ । पाउल पोग्बाको निर्णायक गोलमा फ्रान्सले अष्टेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सबै गोल दोस्रो हाफमा भएको थियो ।

५८ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएपनि ६२ औँ मिनेटमा अष्टेलियाले बराबरी गोल फर्काएको थियो । प्रिमियर लिगका महङ्गा मिडफिल्डर पाउल पोग्बाले ८१ औँ मिनेटमा भलि गोल गर्दै फ्रान्सको जित निश्चित गरे।

पहिलो हाफमा उत्कृष्ट डिफेन्सको नमुना प्रस्तुत गर्दै अष्टियाले फ्रान्सलाई नियन्त्रणमा राखेको थियो । समुह बीमा फ्रान्सले महत्वपुर्ण तीन अंक जोड्न सफल भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);