जाउलाखेललाई हराउँदै आर्मी ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जाउलाखेललाई हराउँदै आर्मी ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा

काठमाडौं, १४ माघ । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा जाउलाखेल युथ क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा अन्तिम १५ मिनेट बाँकी रहँदा आर्मीले गोल गर्दै लिगको शीर्ष स्थानमा फर्किएको हो ।

दोस्रो स्थानको मच्छिन्द्र भन्दा एक अंकले अगाडि रहँदा आर्र्मीले २० अंक जोड्न सफल भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलको आर्मी दोस्रो हाफमा मात्र गोल गर्दै अग्रता लिन सफल भएको हो ।

पहिलो हाफमा जावलाखेलले उत्कृष्ट खेल्दै आर्मीमाथि दबाब राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा झिनो अन्तरले अंक सुम्पिन बाध्य भयो । ७५ औं मिनेटमा भरतले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए ।

नवौ चरणको खेल चलिरहँदा साविक विजेता मनाङ मर्स्याङ्दी र मच्छिन्द्रबीचको समिकरणले लिगको उपाधि होड रोमाञ्चक बन्दै छ । मच्छिन्द्र समान ९ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको मनाङ १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । मनाङले बुधबार संकटाको सामना गर्न बाँकी छ ।

लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलोे खेलमा सरस्वतीले हिमालयन शेर्पामाथि नाटकिय ४–३ को जित निकालेको छ । आठौं चरणको चरणको खेल सकिँदा सम्म मात्र दुई गोल गरेको सरस्वतीले मंगलबार मात्र चार गोल गर्दै हिमालयन शेर्पामाथि ४–३ को जित निकाल्न सफल भएको हो । यस अघि सरस्वतीले फ्रेन्ड्स र एपिएफविरुद्ध एक/एक गोल गरेको थियो ।

मंगलबारको जितसँगै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको छ । यस्तै एक खेलमा बराबरी खेलेको सरस्वतीको ४ अंक भएको छ । सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो ।

सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गर्दा विनोद केसी र मनिष थापाले समान एक/एक गोल गरे । यस्तै हिमालयनका लागि आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक/एक गोल फर्काए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);