’ए’ डिभिजन लिगमा सरस्वतीको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

’ए’ डिभिजन लिगमा सरस्वतीको पहिलो जित

sarswoti club

काठमाडौं, १४ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ । ललितपुरको सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको हो ।

सरस्वतीलाई ९ खेलमा पहिलो जित दिलाउन काजिम बुसारीले दुई तथा विनोद केसी र मनिष ले १–१ गोल गरे । शेर्पाका आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक एक गोल गरे ।

जितसँगै सरस्वतीले ९ खेलमा ४ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा यथावत रहेको छ । शेर्पा ९ खेलमा ७ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);