ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा

काठमाडौं, १० मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मी शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको लिगको पहिलो खेलमा आर्मीले अपराजित यात्रामा रहेको संकटालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दैै शीर्ष स्थनमा उक्लिएको हो ।

आर्मीले पहिलो खेलमा एनआरटीसँग बराबरी खेले यता लगातार तीन खेल जित्दै १० अंक पुर्याएको छ । एन्फा मैदान सातदोबाटोमा संकटाले अग्रता लिए पनि जोगाउन असफल भएको थियो । नवौं मिनेटमा विदेशी खेलाडी इलोन म्याक्सवेलको गोल गरे पछि संकटाले अग्रता लिएको थियो ।

तर १७ औं मिनेटमा आर्मीले खेल बराबरी गर्यो । टेक बहादुर बुढाथोकीले गोल गर्न सफल भए । आक्रामक फुटबल खेलेका दुबै टिमले त्यसपछि पनि केहि मुभ बनाएका थिए । जसमा आर्मीले ३० औं मिनेटमा अर्को गोल थप्यो ।

आर्मीका लागि भरत खवासले गोल गरे । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ र प्रिन्सजर्ज कार्की विना नै मैदानमा उत्रिएको आर्मी दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । त्यसोत संकटाले पनि दोस्रो हाफको सुरुवातमा नै पेनाल्टीको अवसर पाएको थियो ।

तर त्यो पेनाल्टीलाई अमित तामाङले सदुपयोग गर्न सकेनन् । त्यसको विपरित आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ६३ औं मिनेटमा सन्तोष तामाङले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई तीन एकको अवस्थामा पुर्याए ।

त्यसपछि ६६ औं मिनेटमा आर्मीले चौथो गोल थप्यो । यसपटक फेरी टेकबहादुर बुढाथोकीले गोल गरे । ७७ औं मिनेटमा दिनेश हेम्जनले संकटाको डिफेन्सको गल्तिको फाइदा उठाउँदै टिमका लागि पाँचौ गोल गरे ।

एन्फा मैदानमै सोमबार भएको दोस्रो खेलमा थ्रिस्टार क्लवले राम्रो कमब्याक गरेको छ । तेस्रो चरणको खेलमा मनाङसँग पराजित भएको थ्रिस्टारले न्यूरोड टिम एनआरटीलाई दुई शुन्यले हरायो । जितसँगै थ्रिस्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

जारी लिगमा तेस्रो जित निकाल्ने क्रममा थ्रिस्टारका रञ्जित धिमाल ७५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एनआरटीका गोलकिपरले फल गर्दा थ्रिस्टारले पेनाल्टी पायो । थ्री स्टारले पाएको पेनाल्टीलाई रञ्जित धिमालले प्रहार गरेको बल एनआरटीका किपर अजित प्रजापतिले किलयर गर्दा रिफ्लेक्ट भएको बलमा धिमाललेनै गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि एनआरटी खेलमा फर्कन सकेन यता थ्रिस्टारले इन्जुरी समयको पहिलो मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि मार्टिन्सले गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);