इंग्लिस प्रिमियर लिगमा आर्सनलको अपराजित यात्रा कायमै, अंक तालिकाको पाँचौ स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अपराजित यात्रा कायमै, अंक तालिकाको पाँचौ स्थानमा

football

काठमाडौं, १० मंसिर । इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथमाथि जित निकाल्दै अपराजित यात्रा कामयै राखेको छ ।

आर्सनलले आइतबार राति भएको खेलमा बर्नमाउथमाथि २–१ को जित हात पारेको हो । बर्नमाउथका लेमाले ३० मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेलमा अर्सनलले अग्रता लिन सफल भएको थियो । यद्यपी पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा किङ्गले गोल गरेपछि आर्सनलले बरारबी गर्न सफल भयो । खेलको ६७ मिनेटमा आर्सनलले दोस्रो पटक अग्रता लिन सफल भयो । आर्सनलका लागि पियरी इमिरेक एउबामेयाङले गोल गरेका थिए । उनले जारी सिजनमा आठौं गोल गरेका हुन ।

आर्सनल पछिल्ला १७ खेलमा अपराजित रहेको छ । यद्यपी आर्सनल पछिल्ला पाँच मध्ये ४ खेलमा बराबरीमा रोकिएको थियो । १२ अगस्टमा प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीसँग २–० ले पराजित भए यता आर्नसलले कुनै पनि खेलमा हार बेहोरेको छैन । आइतबार हात पारेको जितसँगै आर्सनल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलबाट २७ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);