ए डिभिजन लिग: थ्रिस्टार विजयी, अर्को खेलमा च्यासल युथ क्लबलाई २–० ले पुलिस क्लबले हरायो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ए डिभिजन लिग: थ्रिस्टार विजयी, अर्को खेलमा च्यासल युथ क्लबलाई २–० ले पुलिस क्लबले हरायो

a division lig

काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार भएको दोस्रो खेलमा न्यूरोड टिमलाई २–० ले पराजित गर्दै थ्रीस्टार विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि थ्रीस्टारले खेलको ७५औं मिनेटमा रन्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्रीस्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाएपनि रन्जितले ‘रिबाउन्ड’मा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रन्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडरमार्फत् नै गोल गरेका थिए ।

जितसँगै थ्रीस्टारले चार खेलमा ९ अंक जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि चार खेलमा १ अंकमै रहेको छ । लगातार दुई खेल जितेर उत्कृष्ट सुरुआत गरेको थ्रीस्टार पछिल्लो खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग पराजित भएको थियो । नआरटीले लिगको उद्घाटन खेलमा आर्मीसँग अंक बाँड्नुबाहेक त्यसयता राम्रो खेल्न सकेको छैन ।

यसैगरी, सोमबारै हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको अर्को खेलमा च्यासल युथ क्लबलाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसको जितमा खेलको ३८औं मिनेटमा रवि पासवानले गोल गरेका थिए ।त्यसैगरी, खेलको ८८औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);