साग पुरुष भलिबल : भारत र पाकिस्तान फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साग पुरुष भलिबल : भारत र पाकिस्तान फाइनलमा

india and pakistan saf volleyball

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबल तर्फ पनि भारत र पाकिस्तान फाइनलमा प्रवेश गरेका छन । आइतबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकलाई ३–१ को सेटमा पराजित गर्दै भारत फाईनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । पहिलो सेटमा श्रीलंकाले कडा टक्कर दिए पनि दोस्रो सेट भने भारतले सहजै हात पार्न सफल भयो ।दोस्रो सेट भारतले दोस्रो सेट २५–१९ ले जितेको थियो । तेस्रो सेटमा भने श्रीलंका बिजयी भयो ।

शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५–२१ ले तेश्रो सेटआफ्नो पक्षमा पार्न सफल भयो । चोथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले सहज जित हात पार्न सफल भयो । भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसै गरी आइतवार नै भएको दोस्रो खेलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा प्रबेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३–० को सेटमा पराजित गर्दै पाकिस्तान विजयी बनेको हो । अव फाइनलमा भारत र पाकिस्तान भिड्नेछन ।
india and pakistan saf volleyball1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);