सागमा नेपाली महिला भलिबल टोलीलाई पदक पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सागमा नेपाली महिला भलिबल टोलीलाई पदक पक्का

SAG mahila volleyball

काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टोलीले पदक पक्का गरेको छ । महिला भलिबलमा शनिबार श्रीलंकालाई पराजित गर्दै १३ औं दक्षिण एसियाली खेलकुद सागको फाइनलमा प्रवेश गरेर नेपालले पदक पक्का गरेको हो ।

पहिलोपल्ट सागको फाइनलमा पुगेको नेपाली महिला भलिबल टोलीले राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको सेमिफाइनलमा श्रीलंकालाई २५–१४, २५–१८, २५–२१ को जित हात पारेको हो । नेपालले मंगलबार हुने फाइनलमा भारतको सामना गर्नेछ । डिफेन्डिङ च्याम्पियन भारतले सेमिफाइनलमा माल्दिभ्समाथि एकतर्फी जित रचेको थियो ।

नेपालले महिला भलिबलबाट सन् १९९८ मा काठमाडौंमा भएको आठौं संस्करण र तीन वर्षअघि भारतको गुवहाटी–सिलोङमा सम्पन्न १२ औं सागमा कांस्यपदक जितेको थियो । यसपाली फाइनल प्रवेश गरे सँगै नेपालले कम्तीमा रजतपदक पक्का गर्दै हालसम्मकै सबभन्दा ठूलो उपलब्धि निश्चित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);