२३ वर्षमुनिको पुरुष च्याम्पियनशिप भलिबलमा नेपाल चौथो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

२३ वर्षमुनिको पुरुष च्याम्पियनशिप भलिबलमा नेपाल चौथो स्थानमा

काठमाडौं ।    बङ्गलादेशमा भएको २३ वर्षमुनिको पुरुष च्याम्पियनशिप भलिबलमा चौथो स्थानमा मात्र पुग्न सकेको हो ।

बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा जितविहीन रहँदै नेपालले चौथो स्थानमा छ ।   बङ्गलादेशको ढाकामा आज सोमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो ।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।

नेपाल २५–२० ले जिते पनि तेस्रो खेलमा भने पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो ।

च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो ।
आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान खेल्दै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);