प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा एपीएफ र आर्मीको दाबेदारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री कप क्रिकेटको उपाधिमा एपीएफ र आर्मीको दाबेदारी

काठमाडौं, १६ माघ । शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुर स्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि–म्याच कन्फरेन्समा दुबै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन् ।

सेमिफाइलनमा साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै अन्तिम दुई प्रवेश गरेको एपीएफका कप्तान शरद भेषवाकरले आफ्नो टोली उपाधि उचाल्नका लागि भोको रहेको बताउनुभयो । भेषवाकरले केही दिनको आराम पछि टोलीको फिटनेस भएको भन्दै उपाधि भिडन्तमा उत्कृष्ट ११ को टोली फाइनलमा प्रवेश गर्ने बताए । 

यस अघि सम्पन्न तीन संस्करण मध्ये पहिलो संस्करणमा संयुक्त रुपमा विजेता बनेको आर्मीले त्यसपछिका दुई संस्करणमा उपविजेतामा खुम्चिएको थियो । दुबै पटक फाइलन प्रवेश आर्मी पुलिससँग पराजित भएको थियो । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले विगताको नतिजालाई हेरर भन्दा पनि आगामी दिनका लागि खेल्नु पर्ने बताए ।

लिगका खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ शनिबार मैदान प्रवेश गर्ने बताए । एउटै खेलाडीबाट मात्र टोलीले अन्तिम दुईमा स्थान बनाएको  भन्दै फाइनलमा भने सन्तुलित खेल देखाएर उपाधि जित्ने लक्ष्य रहेको विनोदले बताए । 

अन्तिम दुई स्थान बनाउँदा एपीएफ समूह ‘ए’ बाट विजेताको रुपमा फाइनल प्रवेश गरेको थियो भने आर्मी सोही समूहबाट उपविजेताका रुपमा प्रवेश गरेको थियो  । समूह चरणको भेटमा भने एपिएफले आर्मीमाथि ६ विकेटको जित निकालेको थियो ।

यस्तै प्रधानमन्त्री कप क्रिकेटको चार संस्करणमा आर्मी र एपीएफ तीन पटक आमने सामने भएका छन् । जसमा एपीएफ बलियो देखिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);