मेयर्स कपको उपाधि जित्नेमा एपीएफ र पुलिसका कप्तान विश्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेयर्स कपको उपाधि जित्नेमा एपीएफ र पुलिसका कप्तान विश्वस्त

काठमाडौं, २८ फागुन । मेयर्स कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्नका लागेका कप्तानद्वय मञ्जित श्रेष्ठ र शरद भेषवाकरले उपाधि आफ्नो बनाउने बताएका छन् ।

त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको प्रिम्याच कन्फरेन्समा बोल्दै दुबै टोलीका कप्तानले उपाधि जित्नु नै लक्ष्य रहेको बताएका हुन् । बलियो प्रतिद्वन्द्वी एपिएफ भएको भन्दै पुलिसका कप्तान मञ्जितले स्वभाविक खेल खेलेर उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए ।

यस्तै ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर पुलिससँग उपाधिका लागि स्थान बनाएको एपिएफको पनि उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । कप्तान शरदले आफ्नो टोलीमा सबै क्रमका ब्याट्स म्यान र बलर लयमा भएकाले आफ्नो टोली उपाधिको हकदार भएको बताए ।

बुधबार नै फाइनलमा पुगेको पुलिस भने एपीएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिदै उपाधि उचाल्ने लक्ष्यमा रहेनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन ।

यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५-२५ हजार पाउने छन । फाइनल खेल शनिबार कीर्तिपुरको त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);