वेष्ट ह्याम युनाईटेडलाई ३ गोलले हराउँदै ब्राईटन विजयी | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

काठमाडौं, ४ कार्तिक । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनले वेष्ट ह्याम युनाईटेडलाई ३-० ले पराजित गरेको छ। लण्डनस्थित वेष्ट ह्याम युनाईटेडको मैदानमा गएराति भएको खेलमा ब्राईटनलाई विजयी गराउन ग्लेन मरेले दुई तथा होजेले एक गोल गरे।

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको यो तेस्रो जित हो। ९ खेलबाट ११ अंक जोडेको ब्राईटन अंक तालिकाको दशौं स्थानमा छ।

इंग्लिश प्रिमियर लिगमा आज राति ७ खेल हुनेछन्। आज शीर्ष क्लवहरु चेल्सीले वाट्फोर्डसँग, म्यान्चेस्टर युनाईटेडले हडर्सफिल्डसँग तथा म्यान्चेस्टर सिटीले बर्नलेसँग खेल्नेछन्।