आर्सनलको जित, मिलान र एथेन्स गोलरहित बराबरीमा राकियो | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

एजेन्सी, ३ कार्तिक । युरोपा लिग अन्तर्गत भएको खेलमा इंगलिस क्लब आर्सनलले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई १० ले हराउँदै जित हात पारेको छ ।

गएराति भएको समूह एचको खेलमा बेलग्रेडलाई हराउँदै आर्सनलले लगातार तेस्रो जित हासिल गरेको हो।

लण्डन क्लबलाई ३ अंक दिलाउन ओलिभर जिरुडले गरेको एक मात्र गोल निर्णायक बन्यो। जिरुडले ८५औँ मिनेटमा ओभरहेड किकमार्फत गोल गरेका हुन् । त्यसअघि ८०औँ मिनटमा मिलान रोडिकले रातो कार्ड पाएपछि सर्वियन क्लब दश खेलाडीमा झरेको थियो।

यता अर्को इंगलिस क्लब एभरटन भने फ्रान्सेली क्लब लियोनिंग २(१ ले पारजित भएको छ। लियोनका लागि नविल फकिर र बट्राण्ड ट्राओरले गोल गरे भने एभरटनका लागि एस्ले विलियम्सले गोल गरे।

यसैगरी इटालियन क्लब एसी मिलान ग्रीक क्लब एईके एथेन्ससँग गोलरहित बराबरीमा रोकिएको छ।