अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतलार्इ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

नवलपरासी, ४ कार्तिक । नवलपरासीमा जारी अन्तरराष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन्। नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रबार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन्।

प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो। शैलेशले रु पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले रु तीन हजार र पदक प्राप्त गरेका छन्।

लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गरेका थिए। उक्त प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए।

ताजा समाचार