अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नवलपरासी, १६ असोज । नवलपरासीको भुजहवामा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतका गोरखपुरका शैलेश पहलवान विजयी भएका छन्।

आइतबार सम्पन्न प्रतियोगितामा शैलेशले उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् । यसैगरी प्रतियोगिताको उपविजेता भारतको बहराइचका राधे पहलवानले हासिल गर्न सफल भए ।

पहिलो स्थानका शैलेशले नगद रु पाँच हजारसहित मेडल प्राप्त गरे । द्वितीय स्थान ल्याउन सफल राधेले नगद रु तीन हजारसहित मेडल प्राप्त गरे ।

दशैँको अवसरमा नवदुर्गा पूजा समिति भुजहवाका आयोजनामा भएको प्रतियोगितामा नेपाल–भारतका गरी ३० पहलवानको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);