१८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १२ असोज । भुटानमा जारी १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ ।

 

अन्तिम खेलमा भारतलाई २–० ले हराएर नेपालले उपाधी जितेको हो । भुटानको थिम्पुमा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमै नेपालका दिनेश हेन्जनले गोल गरेका हुन् । खेलको ३७ औँ मिनेटमा गोल गर्दै हेन्जनले नै अग्रता दोब्बर पारेका थिए ।

 

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक रहेको खेलमा गोल हुन सकेन र नेपालले २–० ले खेल आफ्नो पक्षमा पारेसँगै उपाधी जित्यो । यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।

 

पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता भएकाले शीर्ष स्थानमा रहेको नेपालले उपाधी जितेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);