नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत पुगेको छ ।

बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोक्दै पहिलोपटक फाइनलमा पुगेको हो ।

यस्तै‚ बुधबार राति भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

अपराह्न भएको खेलमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाएका थिए । नेपालका लागि भने अन्जन विष्टले दोस्रो हाफको ८८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ । बुधबार राति ९ः४५ बजे भएको भारत र माल्दिभ्सबीचको खेलमा भारत ३–० ले विजयी भएको हो । फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);