च्याम्पियन्स लिगः रियल मड्रिड, म्यानचेष्टर सिटी र टोटेनह्याम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ११ असोज । च्याम्पियन्स लिग फुटबल अन्गर्त भएकोे समुह चरणको खेलमा रियल मड्रिड बोरुसियालाई ३ १ ले हराउँदै जित हासिल गरेको छ । मंगलबार भएको सो खेलमा रियलका लागि क्रिष्टियानो रोनाल्डोले २ गोल र ग्यारेथ बेलले एक गोल गर्दै रियललाई जित दिलाएका थिए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले सख्तर डोनेस्कलाई २–० ले हराएको छ । खेलको सुरुवात देखि नै डानेस्कलाई दवाबमा राखेको सिटीका लागि केभिन डे ब्राइन र स्टर्लिङले गोल गर्दै जित दर्ता गरे ।

गएराति नै भएको टोटनह्यामले एपोल निकोसिया बीचको खेलमा टोटनह्याम बिजयी भयो । टोटनह्यामका लागि ह्यारी केन एक्लैले ३ गोल गरे भने जवाफमा निकोसियाले १ गोल समेत फर्काउन सकेन । ।

अरु खेलमा लिभरपुल भने स्पार्ताक मस्कोसँग १–१ को बराबरी टुंगियो, नापोलीले फेयनुर्डलाई ३–१ र सेभिल्लाले एनके मारिबोरलाई ३–० ले हरायो भने मोनाको पोर्तोसँग ३–० ले पराजित भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);