इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको टेष्ट सिरिज जुलाईमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको टेष्ट सिरिज जुलाईमा

एजेन्सी, २१ जेठ । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीच जुलाईमा तीन खेलको टेष्ट सिरिज हुने भएको छ । तीन खेलको सिरिजका लागि इंग्ल्यान्ड र वेष्ट इण्डिज राजि भएको सिरिज २१ दिनमा सकिने बताईएको छ ।

दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । त्यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ । इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको सिरिज यस अघिनै तय भएपनि कोरोना भाईरसको महामारीसँगै अन्योलमा रहेको थियो ।

बन्द रंगशालामा हुने खेल अघि सम्पूर्ण खेलाडीको कोरोना परिक्षण हुनेछ । यस्तै ग्राउण्ड स्टाफ, अफिसियल र खेलाडीहरु बस्ने क्षेत्र छुट्टाईने छ । इंग्ल्यान्डले विभिन्न राष्ट्रसँग तय भएको अन्तर्राष्ट्रिय सिरिजलाई मध्ये नजर गर्दै ५५ खेलाडीलाई प्रशिक्षणमा बोलाईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);