अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने

काठमाडौं । अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ ।

अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो ।  दुई टोलीबीच दुई  खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो । 

यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टी-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ । 

सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ  यी सबै खेल फ्लोरिडामा हुनेछन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);