नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेपाली राष्ट्रिय क्रिकेट टिमले पीएनजीसँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै

काठमाडाैं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजी बीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

डे नाइट अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार सुरु हुनेछ । नेपालले पहिलो पटक डे नाइट एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल १–० ले अघि रहेको छ । नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा छ भने पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);