टी-२० महिला विश्वकपमा नेपालद्वारा हङकङ ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टी-२० महिला विश्वकपमा नेपालद्वारा हङकङ ४ विकेटले पराजित

womens_cricket

काठमाडौं, १२ फागुन । थाईल्याण्डमा जारी आईसीसी टी–२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतवार थाईल्याण्डको बैंकक स्थित एसियन इन्सिस्च्यूट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित पराजित गरेको हो ।

नेपाल ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर व्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो ।

योसँगै नेपाल ६ अंकतालिका सहित तेस्रो स्थानमा रहेको छ । थाईल्याण्ड ४ खेलमा सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको यूएई ८ अंकमा रन रेटका आधारमा दोस्रो छ ।

चीनले ५ खेलबाट ६ अंक जोडेको छ । चीनसँग समान अंक भएपनि नेपाल रनरेटका आधारमा तेस्रो स्थानमा रहेको हो । हङकङको भने यो लगातार चौथो हार हो ।

त्यसैगरी कुवेतले चार खेलबाट एउटा पनि खाता खोल्न सकेको छैन । मलेसियाले एक खेलमा मात्र जित निकालेको छ । तालिकाको शीर्ष स्थानमा रहने टोलीले मात्र महिला विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाउने भएकाले नेपाललाई बाँकी सवै खेल जित्नु पर्ने दवाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);