क्यानडाविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्यानडाविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

काठमाडौं । आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपाल टस हारेर गरेर फिल्डिङमा गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा क्यानडाका कप्तान नवनित धलिवालले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङको निम्तो पाएको हो ।

समूह चरणका सुरुआती दुई खेलमा जित निकालेको नेपालले सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ । छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

यस्तै, क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग ९ विकेटले पराजित भएको थियो । ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट २ अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइलनमा प्रवेश गर्नेछन् । आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलनबाट फाइनल यात्रा तय गर्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोटमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);