चेल्सी लाई सात अंकको अग्रता, डिएगो कोस्टाले गरे दुई गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चेल्सी लाई सात अंकको अग्रता, डिएगो कोस्टाले गरे दुई गोल

इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ ।

चेल्सी लाई सात अंकको अग्रता

काठमाडौं । इंग्लिस प्रिमियर लिग लिडर चेल्सीले सात अंकको अग्रता कायम गरेको छ ।

लिग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले साउथह्याम्प्टनलाई ४–२ ले हराएको हो ।

चेल्सीको जितमा डिएगो कोस्टाले दुई तथा इडन हजार्ड र ग्यारी काहिलले एक एक गोल गरे । साउथह्याम्प्टनका लागि ओरिओल रोमेउ र रायन बट्र्रेन्डले एक एक गोल गरे ।

पाँचौं मिनेटमा नै हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । २४ औं मिनेटमा साउथह्याम्प्टनका रोमेउले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा काहिलको गोलबाट चेल्सीले अग्रता लियो । दोस्रो हाफमा कोस्टाले थप दुई गोल गरे । उनले ५३ र ८९ औं मीनेटमा गोल गरेपछि चेल्सीले ४–१ को अग्रता लियो ।

तर इन्जुरी समयमा साउथह्याम्प्टनका बट्र्रेन्डले गोल गरेपछि चेल्सी ४–२ ले विजयी भयो । जितपछि चेल्सीको ३३ खेलबाट ७८ अंक भएको छ ।

चेल्सी दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । तर टोटनह्यामले एक खेल कम खेलेको छ । पराजित भएको साउथह्याम्प्टन ३२ खेलबाट ४० अंकसहित नवौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);