लेस्टर लयमा नै छ है, एक वर्षपछि देखियो प्रमाण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लेस्टर लयमा नै छ है, एक वर्षपछि देखियो प्रमाण

साबिक विजेता लेस्टर सिटीद्वारा इंग्लिस प्रिमियर लिगमा यो सिजनको पहिलो अवे जित दर्ता, वेष्ट ह्याम ३–२ ले पराजित

लेस्टर लयमा नै छ है

काठमाडौं । साबिक विजेता लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा यो सिजनको पहिलो अवे जित दर्ता गरेको छ ।

गएको वर्ष उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्यामलाई ३–२ ले हराएर सिजनको पहिलो अवे जित दर्ता गरेको हो ।

पछिल्लो ११ महिनामा लेस्टरको यो पहिलो अवे जित हो । लेस्टरले पहिलो सात समिनेटमा नै दुई गोल गरेको थियो । पाँचौं मिनेटमा रियाद महरेज तथा सातौं मिनेटमा रोबर्ट हुथले गोल गरेका हुन् । २० औं मिनेटमा म्यानुएल लान्जिनीले वेष्ट ह्यामका लागि एक गोल गरे ।

३८ औं मिनेटमा जेमी भर्डीले गोल गर्दै लेस्टरको अग्रता ३–१ मा पु¥याए । ६३ औं मिनेटमा एन्ड्रे एयेवले गोल गरेपछि वेष्ट ह्यामले खेल ३–२ को अवस्थामा ल्यायो तर हारबाट जोगिन भने सकेन ।

जितपछि १५ औं स्थानको लेस्टरको २८ खेलबाट ३० अंक भएको छ । २९ खेलबाट ३३ रहेको वेष्ट ह्याम १२ औं स्थानमा छ ।

राति भएका अरु खेलमा क्रिष्टल प्यालेसले वाट्फोर्डलाई १–० तथा बोर्नमाउथले स्वान्सी सिटीलाई २–० ले हरायो । सन्डरल्याण्ड र बर्नलीले गोलरहित बराबरी खेले ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);