लेस्टरको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

लेस्टरको पहिलो जित

काठमाडौं। लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्‍यो । २५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो । ३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);