न्युजिल्यान्डमाथि बंगलादेशको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

न्युजिल्यान्डमाथि बंगलादेशको जित

काठमाडौं । न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ ।

घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो ।

बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए । यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए ।

न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक–एक विकेट रह्यो ।

न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका मेहदी हसन र साकिवले समान दुई विकेट लिए । नासुम अहमदले एक विकेट लिए ।

योसँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);