टोकियो पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा ऐतिहासिक पदक जित्नबाट बन्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टोकियो पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा ऐतिहासिक पदक जित्नबाट बन्चित

एजेन्सी । टोकियो पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट बन्चित भएकी छिन् ।

तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहको रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कास्य पदक जित्नबाट बन्चित भएकी हुन् । शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग १२–९ ले पराजित भईन् ।

चिनियाँ खेलाडीलाई हराएको भए पलेशाले ऐतिहासिक पदक प्राप्त गर्ने थिइन् । नेपालले हालसम्म पारालिम्पिकमा पदक जित्न सकेको छैन। पलेशा पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् । तर, पलेशाले रिपिचेजको माध्यमबाट कास्य पदकको लागि मौका पाएकी थिइन् ।

रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई हराएकी थिइन्।त्यसपछि पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई २३–१५ ले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् ।

पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पारालिम्पिकमा सहभागिता जनाएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);