टोकियो पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धन रिपिचेज राउण्डको क्वार्टर फाइनलमा विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

टोकियो पारालिम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवर्धन रिपिचेज राउण्डको क्वार्टर फाइनलमा विजयी

एजेन्सी । टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फ नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले रिपिचेज राउण्डमा जित निकालेकी छिन् । रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरेकी हुन् । शुक्रबार के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा पलेशाले ब्रियान्नालाई १०–० ले हराएकी हुन् ।

जितसँगै पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छिन् । अब पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभसँग खेल्नेछिन् । सेमिफाइनलमा जित निकालेमा पलेशाले कास्य पदकका लागि पुनः खेल्ने छिन् । पलेशा स्वर्ण पदकको दौडबाट भने बहिरिसकेकी छिन् ।

शुक्रबार नै पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि पलेशाको स्वर्ण यात्रा समाप्त भएको हो । पारालिम्पिकमा १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);