पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने

काठमाडौं । टोकियो पारालम्पिक २०२० मा नेपालकी एकमात्र प्रतिनिधि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन् ।

महिला के ४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि–क्वाटरफाइनलमा खेल सुरु गर्दैछिन् । कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने यस तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली गत साता नै टोकियो पुगिसकेको छ । पलेशाले शुक्रबार विहानबाट आफ्नो प्रतिस्पर्धा थाल्नेछिन् । बिहान सुरु हुने प्रतिस्पर्धाको त्यसै दिन बेलुका फाइनल हुनेछ ।

पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);