एभरेष्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

एभरेष्ट प्रिमियर लिगको विजेताले ५० लाख पाउने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ । मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो ।

९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ । यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो ।

यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने भएको छ ।

प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज यस प्रतियोगिता खेल्नेछन् ।

Leave a Reply