कोही पनि व्यक्ति अशक्त हुँदैन, आफूसँग जे छ त्यसैमा विश्वास गर्नुपर्छ : पलेशा गोवर्धन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कोही पनि व्यक्ति अशक्त हुँदैन, आफूसँग जे छ त्यसैमा विश्वास गर्नुपर्छ : पलेशा गोवर्धन (भिडियोसहित)

काठमाडौं । टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा काश्य पदकको निक्कै नजिक पुगेर पनि दुर्भाग्यवश नेपालकी पलेशा गोवर्दधनले पदक हात पार्न सकिनन् । महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना समाप्त हुँदा रेपेचेजमार्फत काश्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने भएकी थिइन् । तर रेपेचेजतर्फ पनि फाइनलमा उनी पराजित भइन् ।

कास्य पदक भिडन्तमा चीनकी युजि लीसँग पहिलो राउन्डमा पलेशाले ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५–० ले जित्दै समग्रमा ७–४ को अग्रता लिइन् । तेस्रो चरणमा एक समय खेल ९–९ को बराबरीमा पुगेपनि समग्रमा १२–९ को जितसहित लीले काश्य पदक जितिन् ।

पदकबाट बञ्चित भएकी पलेशा केही निराश त पक्कै रहिन् । टोेकियो प्रस्थान गर्नुपूर्व पदक जित्ने सपना बोकेकी उनी पदकको निक्कै नजिक पुगेर फर्किइन् तर पदक जित्न नसकेपनि पलेशाले गर्व गर्न लायक प्रदर्शन गरिन् । काश्य पदक जित्दै नेपाली खेलकूदमा इतिहास रच्नबाट थोरैले चुकेपनि कुनै पनि ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो नेपाली बनेकी छिन् ।

प्रस्तुत छ टोकियो पारालम्पिकको बारेमा कीर्तिमानी ओलम्पियन पलेशा गोवर्धनसँग पारालम्पिक अनुभव, उनको बाल्यकाल देखिको संघर्ष, चुनौती र सफलताका बारेमा कार्यक्रम माउन्टेन स्पोर्टसमा गरिएको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);