एथ्लेटिको फर्किए ग्रिजम्यान, बार्सिलोनालाई धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

एथ्लेटिको फर्किए ग्रिजम्यान, बार्सिलोनालाई धक्का

एजेन्सी । फ्रान्सेली स्ट्राइकर एन्टेनियो ग्रिजम्यान पूर्वक्लब एथ्लेटिको म्याड्रिड फर्किएका छन् । 

साविक ला लिगा विजेता एथ्लेटिको म्याड्रिडले ग्रिजम्यानलाई बार्सिलोनाबाट एक वर्षका लागि भित्र्याएको हो । 

आर्थिक समस्यामा गुज्रिरहेकाे बार्सिलोनाले ग्रिजम्यानसहित ११ खेलाडी गुमाएको छ । यसअघि लियोनल मेस्सीसमेत बार्सिलोना छाड्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगिसकेका छन्। 

३० वर्षीय स्ट्राइकर ग्रिजम्यानले बार्सिलोनामा एक सय दुई खेल खेल्दै ३५ गोल गरेका थिए । ग्रिजम्यानले बार्सिलोनामा रहँदा ‘कोपा डेल रे’को मात्रै उपाधि हात पारे । 

यसअघि एथ्लेटिकोबाट सन् २०१९ मा बार्सिलोना जानु अघि ग्रिजम्यानले दुई सय ५७ खेल खेल्दै एक सय ३३ गोल गरेका थिए । ग्रिजम्यानले अब बार्सिलोनाका पूर्वसहकर्मी लुईस स्वारेजसँगै अग्रपंक्तिमा भूमिका निर्वाह गर्नेछन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);